
यसअघि कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, प्रकाश शरण महत, एनपी साउद र उदयशमशेर राणा त्यस्तै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई उनले भेटेका थिए । माओवादी नेता जनार्दन शर्मालाई पनि उनले छुट्टै भेटे ।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि उनले भेटेका हुन् ।