नेपालगञ्ज । बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. सुरेश कुमार कनोडियाको अध्यक्षता एवम् सन्तानेश्वर मन्दिरका महन्त योगानन्द गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सचिव विकास आचार्यले सांगठनिक तथा कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसक्रममा प्रमुख अतिथि गिरी, प्रतिनिधिसभा सांसद दिपा शर्मा, लुम्बिनी प्रदेश सभा सांसद बादशाह कुर्मी, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, एमालेका जिल्ला सदस्य मिन बहादुर मल्ल, रास्वपाका जिल्ला अध्यक्ष हरिपाल सिंह केसी, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासंघका केन्द्रिय सचिव नमस्कार शाह, लायन ज्ञानेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, दान दाता शारदा शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष भोलानाथ महत क्षेत्रीले गरेका थिए ।साधारणसभामा 'यज्ञान्त' स्मारिका पनि विमोचन गरिएको थियो ।
साधारणसभाले ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा डा. कनोडिया, डा. बद्री चापागाईं, डा. केदार अग्रवाल, कमल कार्की, शशी स्वाँर, कृष्ण प्रसाद श्रेष्ठ, उमा थापा, श्रीराम सिग्देल र राकेश मिश्र छन् । यिनै मध्येबाट पदाधिकारी चयन गरिनेछ । राप्ती नदीको सिधनियाघाटमा अत्याधुनिक दाहसंस्कार स्थल निर्माण गर्ने उद्देश्यका साथ बैकुण्ठधाम सिधनियाघाट संस्थाले काम अघि बढाएको छ । आर्थिक संकलन गर्ने उद्देश्यले गत कार्तिक २२ देखि ३० गतेसम्म 'आध्यात्मिक महोत्सब' पनि गरिएको थियो ।