नेपालगन्ज । बाँकेको बैजनाथबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-७ पेडारीका ३३ वर्षीय युवक अभिषेक थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार थारुलाई सोमबार राति बैजनाथ-७ पेडारीबाटै १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र १५ सय रुपैयाँसहित इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।ब्राउन सुगरसहित पक्राउ परेका थारुसँग लागूऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।