नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसले ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाईकलमै सवार अर्का गम्भीर घाइते भएका छन ।पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको वा १-०६ख ३५९३ नम्बरको बसले बुधबार बिहान साढे ११ बजेतिर ठक्कर दिदाँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदिप सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षकडिएसपी लक्ष्मी खनालले जानकारी दिईन ।
दुर्घटनामा परी ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएको उनले बताइन । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।प्रहरीले ठक्कर दिने बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनापछि स्थानीयले बासिन्दाले पुर्ब-पश्चिम राजमार्गको कुसुम-कोहलपुर खण्ड अवरूद्द गरेका छन ।