
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, 'उक्त दु:खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।' साथै परराष्ट्र मन्त्रालयले उक्त 'आततायी आतंकवादी आक्रमण' को तत्कालै आलोचना गरेको पनि जनाएको छ ।साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।
