काठमाडौं । राजावादीहरूले १५ जेठमा गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागु गरिएको प्रहरीले बताएको छ ।शुक्रबार प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताए ।त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे ।
यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो ।
ADVERTISEMENT

