वीरगञ्ज - सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटबाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमारलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जका प्रमुख एवम् सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रविन्द्र भट्ट नेतृत्वको टोलीले प्रवेशलाई बीआर ०५ एभी ३४७७ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रवेशले हेल्मेटभित्र रकम लुकाई छिपाई ल्याउँदै गरेको र रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनको साथबाट १ हजार दरको ७ सय ५० थान र १ सय दरको ५ सय थान नोट फेला परेको छ ।
ADVERTISEMENT