काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले बजेटले उत्पादनमुखी अर्थतन्त्रलाई सम्बोधन नगरेको बताए ।उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ, त्यहाँमा जोड दिइएको छैन, निरन्तरताको कुरा भएको हुनाले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर, भन्सारमा आधारित भएर होइन, रेमिट्यान्समा आधारित भएर होइन, हामी आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था सृजना नगर्दासम्म हाम्रो आर्थिक विकास गुणात्मकरुपले हुन सक्दैन’, उनले भने ।
ADVERTISEMENT

