कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन
zeenepal
२०८१ जेष्ठ १,
3
Shares
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका अवरोधका कारण राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई दिने 'धन्यवाद प्रस्ताव' पेस हुन सकेन । संघीय संसद्का दुवै सदनको बैठकपछि अपराह्न बसेको राष्ट्रिय सभा बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि प्रस्ताव पेस हुन नसकेको हो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रचलन छ ।
पटक-पटक आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरु बस्न नमानेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा बैठक जेठ ३ गतेसम्मका लागि स्थगित गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारको बैठकमा सरकारको आव २०८१/०८२ को नीति तथा कार्यक्रम दुवै संसद्को संयुक्त बैठकमा पेस गरेका हुन् ।