बाँके १० असार। उत्तम व्यवस्थापनमा आधारित धान खेती प्रविधि तालिम शुक्रवार बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सम्पन्न भएको छ ।महातरकारी उत्पादन सहकारी संस्था लिमिटेड हिरमिनिया तथा सिमिट अन्तर्गत नेपाल बीउ तथा मल परियोजना बाँकेको आयोजनामा सम्पन्न एक दिने तालिममा मलको सही मात्रा, सही प्रयोग, सही श्रोत, सही स्थान र समयका बारेमा अभिमुखिकरण गरिएको थियो ।
परियोजनाले ४÷५ वर्षको अनुसन्धानबाट पाएको कुरा कृषकहरुका बीच प्रस्तुत साझा गरेको थियो । धान रोप्ने बेलामा पाएको यो तालिम फलदायी भएको कृषकहरुले प्रतिक्रिया दिएका छन् ।
परियोजनाका कृषि अनुसन्धान प्राविधिक उत्तम कुँवर र सुशील कुँवरले सहजीकरण गर्नु भएको तालिममा वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रलगायत ४० जना कृषकहरुको सहभागिता रहेको थियो ।
ADVERTISEMENT