संविधान संशोधनको मागसहित नेसपा नयाँ शक्ति ११ बुँदे समसामयिक प्रस्ताव पारित
zeenepal
२०८२ असार १,
18
Shares
काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्ति को दोस्रो पूर्ण बैठकमा ११ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ पार्टीको जारी बैठकमा हिजो र आज दुई दिन गरेर सम्पन्न बैठकमा प्रस्ताव पारित भएको हो । बैठकमा ६६ जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेको सो पार्टीको प्रचार तथा प्रसार विभागले जनाएको छ ।
पार्टीले पारित गरेको प्रस्तावमा संविधान संशोधनको माग गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पुर्नंसरचनासहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको उल्लेख गर्दै संविधान संशोधनको माग गरिएको छ । त्यस्तै, वित्तलाई उत्पादनसँग जोड्न बैकिङ तथा वित्तीय क्षेत्रमा आमूल सुधारका लागि पार्टीले माग गरेको छ ।