
‘प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो । अब यसलाई पेले पनि हुन्छ भन्ने ठान्नु हुँदैन। किनभने कहिले को सत्तापक्षमा, कहिले को प्रतिपक्षमा हुन्छ । कहिले कसको संख्या सानो हुन्छ कहिले कसो ठूलो हुन्छ । संसदीय गणित हेरफेर भइराख्ने कुरा हो।हिजो अस्तीसम्म हामी सँगसँगै संसद् अवरोध गरिराखेका थियौं । रास्वपाका माननीयज्यूहरुलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँहरु संसदीय संघर्षमा नयाँ हुनुहुन्छ । हामीले उठाएका कुराहरुको एक ढंगले सम्बोधन भएको छ । बजेटमाथिको छलफल वर्षमा एकपटक मात्र हुने कुरा हो । यसमा आफ्नो दलका धारणा राख्नुस्’, पुनले भने । संसदीय संघर्ष गर्दा अनुभवी दलहरुसँग सहयोग लिन पनि रास्वपालाई पुनको आग्रह थियो । पुनले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकराण्मा नैतिकता प्रदर्शन नगरेको टिप्पणी पनि गरे । तर, आफ्नै दल काँग्रेसभित्रको एक पक्ष, प्रतिपक्षी दल र नागरिक स्तरबाट नैतिकताका आधारमा राजीनामा दिन गरिएको आग्रहलाई गृहमन्त्रीले अस्वीकार गरेको बताए ।
‘भिजिट भिसा प्रकरणलाई सम्बोधन गर्न खास गरी हामी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रतिपक्ष दलले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेका थियौं । स्वयं सत्तारुढ पार्टीभित्रै र सदन बाहिर पनि यो विषय उठेका थिए । हामी विपक्षी या आमजनताको तहबाट सम्बनिधत व्यक्तिलाई ध्यानाकर्षण गराउने, सुझाव दिने विषय हो । माननीय गृहमन्त्रीले म राजीनमा दिन्न र बाँकी सबै सरकारका तर्फबाट छानबिन गर्न तयार छौं भन्ने प्रतिबद्धता आएपछि हामी दुई बुँदेमा सहमत भएका हौं’, उनले भने । उनले आफूहरुमाथि अदालतमा विचाराधीन रहेको अग्नि सापकोटासँगको मुद्धामा लेनदेन भयो भन्ने आरोप लगाइनु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरे ।