काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ ।भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइरहेका छन् ।तर, यस्तो कसलाई भन्न खोजिएको हो त्यो प्रष्ट पारिनुपर्ने भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरेका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि सभामुखसँग समय मागेकी थिइन् ।सभामुखले समय दिएपछि उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’कांग्रेसकी सचेतक थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण भएको बताए ।
‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ । संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।विरोध र समर्थन गर्ने परिपार्टी रहेको उल्लेख गर्दैउनले अब पनि यसमा ध्यान दिनुपर्ने बताए ।