रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोमा एमाले सांसदको नियमापत्ति
zeenepal
२०८२ असार २,
12
Shares
काठमाडौं । संसद्मा रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोप्रति नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गरेका छन् ।प्रतिनिधि सभा नियमावलीको नियम २० को ‘झ’ अनुसार संसद्मा सांसदहरू पलेँटी कसेर बस्न नपाउने उनको भनाइ छ ।कसैले विरोध गर्न पर्यो भने उभिएर विरोध गर्नुपर्ने हाम्रो परम्परा पनि छ । नियमावलीमा व्यवस्था पनि छ । तर, सम्माननीय सभामुखको ड्यासतर्फ, सभामुखको आसनतर्फ चप्पल, जुत्ता खोलेर ध्यान गरे जस्तो गरेर विरोध गर्ने यो संसदीय मर्यादा भएन’ सांसद पौडेलले भने ।
सभामुखले संसदीय मर्यादा कायम गर्नका लागि भूमिका खेल्नुपर्ने उनको आग्रह छ । सभामुखले ध्यानाकर्षण भएको बताएपछि सांसद पौडेल बसे ।रास्वपाका सांसद हरूले प्रतिनिधि सभामा वेल घेराउ गरिरहेका छ्न । त्यसक्रममा उनीहरू वेलमै पलेँटी कसेर बसेका छन् ।यस्तो गर्नु संसदीय मर्यादा विपरित रहेको एमाले सांसद पौडेलको तर्क रहेको छ ।