
मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँबाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको जानकारी दिए । ‘संसद्को दुवै सदनमा माननीयज्यूहरूले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइआएको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ,' उनले भने, 'सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ बाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मुल्य कायम गरेको छ ।'पेट्रोलियम पदार्थको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको बडूको भनाइ थियो । उनले सरकार जनताको हित र चासोप्रति सधैं संवेदनशील रहेको बताए ।