
यस्तो छ १२ बुँदे घोषणापत्र
नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक, स्वतन्त्रताको हक र सूचनाको हकबमोजिम नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै निर्भयपूर्वक समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने वातावरणसहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न र उपभोग गर्न पूर्ण प्रतिबद्ध रहने प्रण गर्दै २०८२ असार ५ र ६ गते कास्की जिल्लास्थित पर्यटकीय नगरी पोखरामा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकबाट यो घोषणा पत्र जारी गरिएको छ ।
१. पछिल्लो पटक काठमाडौँ जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु डटकममा प्रकाशित समाचार डिलिट गर्नेसम्बन्धी मुद्दामा दिएको आदेश र पत्रकार दिलभूषण पाठकलाई समाचारमूलक सामग्री प्रसारण गरेकै कारण पक्राउ पूर्जी जारी भएको गलत कदमका बारेमा महासंघको यो बैठकमा गम्भीर छलफल भएको छ । यद्यपि संविधानप्रदत्त अधिकारको रक्षा गर्दै २०८२ असार ६ गते काठमाडौं जिल्ला अदालतबाट नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउनेसम्बन्धी मुद्दा खारेज र उच्च अदालत पाटनबाट पत्रकार पाठकलाई पक्राउ नगर्न भएको छुट्टाछुट्टै आदेशको यो बैठक स्वागत गर्दछ ।

