
आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले राजस्व उठ्न नसकेको र देश ‘ग्रे लिस्ट’ मा परेकोप्रति चिन्ता व्यक्त गरे। नेपालको पुँजी विदेश लैजान सहयोग गर्ने बजेट आएको भन्दै उनले अर्थमन्त्रीमाथि समेत प्रश्न उठाए । उनले भने, ‘यस्तो अवस्थाबाट देशलाई कसरी आश्वस्त पार्न सकिन्छ ?’साहले सहरी विकास मन्त्रालयको बजेटमाथि पनि कटाक्ष गर्दै गरे । ‘नाम उच कान बुच भन्ने भोजपुरी कहावतजस्तै योजना ल्याइएको छ। सहकारी विकास मन्त्रालयले ल्याएको बजेट लाजमर्दो छ। प्रकाशमान सिंहले कसरी मुख देखाएर हिँड्नुहुन्छ ?’, उनले भने । उनले खेलकुद मन्त्रालयको बजेटको समेत आलोचना गरे । मन्त्रालयमा मधेस प्रदेशका मन्त्री रहेपनि उनले मधेसका लागि काम नगरेको आरोप लगाए । यस्तै उनले महिला तथा बालबालिका मन्त्रालयले प्रभावकारी काम गर्नै नसकेको बताए ।