काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट अनिल केशरी शाहले राजीनामा दिएर रिक्त रहेको प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत भएका छन् ।रास्वपाको शनिबारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । झालाई अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।यसैगरी अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ ।