काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ जना नेपालीको उद्धार भएको जानकारी गराएको छ ।
उत्तराखण्ड प्रहर र किन इन्डिया संस्थाको सहयोगमा गत बिहीबार ३५ नेपालीको उद्धार भएको दूतावासले जनाएको छ ।उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।