बाँके । सत्ता साझेदार दलहरु संग चुनाबी गठबन्धन गरेर मनोपरी तरिकाले टिकट वितरण गरेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अतहर हुसेन फारुकी र माओवादी केन्द्रका लुम्बिनी प्रदेशका नेता आदेश अग्रवालले माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आज फेसबुक मार्फत नेता द्वयले माओवादी केन्द्रले मालेमावादी राजनीतिक दर्शनलाई लत्याउदै सत्ता र कुर्सीका लागी पार्टीलाई ध्वस्त बनाउने गरि उम्मेदवार बनाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।
यता अग्रवालले माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका छन् । जसपा प्रवेश गरेका अग्रवाललाई क्षेत्र नं २ ख को उम्मेदवार बनाएको छ ।

