बाँके : जानकी गाउँपालिकाले ५२ करोड बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड ३६ लाख ९६ हजार ६ सय २१ रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाकाको १८ औं गाउँ सभामा संघिय सशर्त अनुदान रकम २२ करोड ६९ लाख, संघिय समानिकरण अनुदान रकम ११ करोड ४९ लाख, प्रदेश समानिकरण अनुदान ७९ लाख ३६ हजार, संघिय राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १० करोड ६३ लाख ९८ हजार ६ सय २१, प्रदेश राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १ करोड ३ लाख ६२ हजार, संघिय समपुरक अनुदान रकम ५० लाख, प्रदेश समपुरक अनुदान रकम ७५ लाख, प्रदेश विशेष अनुदान १७ लाख, समानुपातिक आन्तरिक श्रोत आम्दानी रकम १ करोड ५० लाख र अल्या रकम १ करोड प्रस्तावित बजेट प्रस्तुत गरियो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष यादवले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी, उद्योग, ब्यवसाय, पर्यटन लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले सञ्चालन गरेको उक्त सभामा सभासद एवम वडाध्यक्ष मो. रजा राई, चन्द्रिकाप्रसाद गुप्ता, राजकुमार कुर्मी, रमेशकुमार बर्मा, टिकानाथ यादव, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।