
सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्त्रालयबाट आगामी आवमा सातै जिल्लाका सम्भावना खोजी गर्ने र यस क्षेत्रका ठूला आयोजना लागू गर्न पहल गर्ने उनले विश्वास दिलाए । मन्त्री भण्डारीले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा मञ्चका संस्थापक एवं संरक्षक मोतिलाल बोहराले संस्था स्थापनाको उद्देश्य र त्यसयता सुदूरपश्चिम क्षेत्रको पहिचान र विकासका लागि भएका उपलब्धि तथा पहलबारे जानकारी गराएका थिए । साथै उनले देशभर छरिएर रहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो थातथलोको समृद्धिका लागि आवश्यक योगदान गर्नुपर्नेमा जोड दिए ।