शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थाल्यो : प्रमुख सचेतक घिमिरे
zeenepal
२०८२ असार १५,
9
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थालेको भन्दै आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा बोल्दै उनले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताए । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको उनले बताए ।
न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको भन्दै उनले एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गरे । प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरूको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको स्मरण गराए ।