
माओवादी केन्द्रकी सांसद् रेखा शर्माले प्रतिपक्षबाट समेत सहयोग भइरहेको अवस्थामा विधेयक पारित गर्नुपर्ने बताइन् । माओवादीकै अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले विधेयक टुङ्गो लगाउन नखोजिएकोमा कुनै षड्यन्त्र भइरहेको बताइन् । एमाले सांसद दिपा शर्माले अझै २/४ घण्टा कुरेर भएपनि विधेयक पारित गर्नुपर्ने बताइन् । लोसपा नेपालका सांसद राम प्रकाश चौधरीले आज विधेयक पारित नभएको खण्डमा भोलीबाट आफू सहभागी नहुने बताए ।एमाले सांसद प्रभु हजाराले शिक्षकहरूको आन्दोलन हावादारी भएको बताउँदै संसद्ले विधेयक बनाउनुपर्ने बताए । पूर्व शिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले पहुँचवालाको प्रभावमा विधेयक अड्काउने काम गर्न नहुने बताइन् । एउटा बुँदामा अल्झिएर बस्न नहुने बताउँदै भोलि अर्को समूह आएको खण्डमा के गर्ने भनेर प्रश्न समेत गरिन् ।