काठमाडौँ । नेपालगन्जस्थित मङ्गल प्रसाद नमूना माध्यमिक विद्यालयले एक विशेष कार्यक्रमकाबीच बाल विकास कक्षाका बालबालिकालाई पोशाक वितरण गरेको छ।विद्यालय व्यवस्थापन समितिको पहलमा आयोजित उक्त कार्यक्रममा झण्डै ५० जना बालबालिकालाई निःशुल्क पोशाक प्रदान गरिएको हो।
विद्यालयका प्रधानाध्यापक संध्या गुप्ता ले बालबालिकाको भौतिक तथा मानसिक विकासमा पोशाकको भूमिका महत्वपूर्ण हुने भन्दै यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउने बताए।कार्यक्रममा शिक्षक, अभिभावक र स्थानिय समाजसेवीको समेत उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
ADVERTISEMENT

