
रेडक्रसले हाल केन्द्रीय रक्तसञ्चार सेवालगायत प्रादेशिक र जिल्ला तहमा गरी एक सयभन्दा बढी स्थानमा स्वयंसेवक परिचालन गरी रक्तसञ्चार सेवा प्रदान गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणहरूको प्रयोगबाट सेवा भइआएको र राष्ट्रिय रक्तसञ्चार नीतिमा नै नेपाल रेडक्रस सोसाइटीको सेवाको उल्लेख भएको विज्ञप्तिमा उल्लेख छ ।नेपाल रेडक्रसले नेपालमा २०२३ सालमा स्थापना गरेको रक्तसञ्चार सेवाले २०४८ सालदेखि नीतिगत जिम्मेवारी पाई राष्ट्रिय रक्तसञ्चार नीति २०७१ र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत निर्देशिकाबमोजिम सेवा सञ्चालन गर्दै आएको छ ।