बाँके (डुडुवा) : मुस्लिम धर्मालम्बीहरुको महान चाड मोहरम ताजियापर्वमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । आइतबार आज मनाउन लागिएको उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो ।
पालिका अन्र्तगत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम विद्यार्थी तथा मुस्लिम वर्गका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले मोहरम पर्वको अवसरमा सम्पुर्ण इस्लाम धर्मालम्बीलाई शुभकामना समेत व्यक्त गरेका छन् ।