काठमाडौं । रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा कुल निर्माणको ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ । नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बाढीमा १४ जना कामदार बेपत्ता छन् । यसमध्ये ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।भौतिक क्षतितर्फ रिटेलिङ वाल ४ सय मिटर पूरै बगेको छ । बेचिङ प्लान्ट पूरै बगेको छ । लिटिगेसन सेड र वेयरहाउसमा समेत क्षति पुगेको छ ।
बाढीका कारण इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लकमा समेत क्षति भएको छ । वेयरहाउसको फाउन्डेसन पूरै बगेको छ । पार्किङ क्षेत्रमा पूर्णक्षति भएको छ भने बालुवा र गिट्टीले भरिएको छ ।त्यस्तै इन्ट्री रोडतर्फको रिटेनिङ वालमा क्षति भएको छ । मेन कम्प्लेक्स भवन बाहेक सबै पूर्वाधारमा क्षति भएको समेत समितिले जनाएको छ ।एक्जिट रोड सुरक्षित छ । पार्किङ यार्ड फेसिलिटी र रिटेनिङ वालमा समेत पूरै क्षति भएको छ । यसप्रकार यो संरचनाको ६० प्रतिशत क्षति भएको देखिएको छ ।
ADVERTISEMENT

