नेपालगन्ज : सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको लु २ ख ५००२ नम्बरको जीप बिहीबार बिहान देवस्थल चौरजहारी भित्री सडक खण्डको गुरेलीखोलामा दुर्घटना परेको हो । घाइतेमध्ये गम्भीर तीन जनालाई थप उपचारको लागि नेपालगन्ज ल्याइएको छ ।
चौरजहारी अस्पताल लगिएका मध्ये तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको हो । इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार गाडीमा सवार २० जना यात्रु मध्ये १७ जना घाइते भएका थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएको छ ।गाडी चालक सल्यानको कुमाख गाउँपालिका ३ का २२ वर्षीय वसन्त बुढाथोकी दुर्घटना लगत्तै फरार भएको र उनको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।