काठमाडौँ । जापानमा निश्चित सीपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण भएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१९ मा भएको दुई देशबिचको समझदारी थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको हो ।
‘नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ’, उनले भने । समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० सालमै ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ लागू गरेको थियो ।
ADVERTISEMENT

