काठमाडौं । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप एक/एक देशको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार सुम्निमालाई फिनल्याण्ड र चन्द्रकुमारलाई आयरल्याण्डको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
ADVERTISEMENT

