काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर नरहेको बताए । बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा आर्थिक नीति कसको के हो ? भन्ने कुरा स्पष्ट रहेको बताए। उदारवादी अर्थतन्त्रको नीति नेपाली कांग्रेसले नै सुरु गरेको र सबैले विश्वास गरिरहेको उनले बताए ।
नेकपा एमालेसहित अन्य नयाँ राजनीतिक दलहरूको पनि कुनै नयाँ आर्थिक नीति नरहेको पौडेलले स्पष्ट पारे। नेपाली कांग्रेस विचार शून्यताको स्थितिमा नरहेको बताए ।मन्त्री पौडेलले सरकारमा जाँदा पार्टीको फेहरिस्त कार्यान्वयन गर्ने सन्दर्भमा स्पष्टताको जरुरी रहेको बताए ।
ADVERTISEMENT

