काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी लगायत विषयमा छलफल केन्द्रित रहेको छ । मोर्चाको संयोजक समेत रहेका विप्लवले साउन ११ गते बैठक बोलाएका छन् ।
ADVERTISEMENT

