झापा । झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक स्कुल भ्यानमा सवार २१ जना घाइते भएका छन् ।पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।घटनामा भ्यान चालकसहित विद्यालयका बालबालिका र शिक्षक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर उत्तर पर्छ ।घटनापछि धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते विद्यार्थी, शिक्षक र यातायात मजदुरको उद्धार गरेका थिए ।
ADVERTISEMENT

