काठमाडौं । चिकित्सकको विशेष परीक्षा (स्पेशल एक्जाम)मा ९१.८२ प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १५ र १६ साउनमा परीक्षा लिएको थियो ।काउन्सिलका अधिकारीका अनुसार उक्त नतिजाले सम्भवत ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
काउन्सिल रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार यसपटकको परीक्षाका लागि कुल एक हजार ७९ जनाले फारम भएका थिए ।त्यसमध्ये एक हजार ७६ जना सहभागी भए । जसमध्ये ९८८ जना अर्थात ९१.८२ जना उर्तीण भएका छन् । ८८ जना अनुउतीर्ण भए । ४ जनाको नतिजा भने वीथहोल्डमा राखिएको छ ।यसपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीले सहभागिता जनाएका थिए । रजिष्ट्रार डा. देवले अधिंकाश फ्रेस विद्यार्थी भएका नतिजा राम्रो आएको हुनसक्ने बताए परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन गरिएको थियो ।
ADVERTISEMENT

