काठमाडौँ । केन्द्र सरकारले राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश सरकारलाई जिम्मा दिने निर्णय गरेकाे छ ।भाैतिक पूर्वधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले मर्मत सम्भार गर्दै आएकाे ३ हजार ७८ किलोमिटर बराबरको सहायक राजमार्ग हस्तान्तरण गर्ने निर्णय गरेको हाे ।
भाैतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालकाे अध्यक्षतामा मंगलबार बसेकाे संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठकले उक्त निर्णय गरेकाे हाे ।
ADVERTISEMENT

