
लामो समय संगठन प्रति समर्पित रहेको बताउँदै अबको बाँकी समय पनि कसल दर्जाकै हितमा समर्पित हुने उनले बताए ।‘म निर्भिकताका साथ भन्न सक्छु, अब बाँकी अवधि मेरा लागि भन्दा पनि जन्म भूमि, संगठन र यसमा आबद्ध सकल दर्जाका हितका खातिर समर्पित हुनेछु भन्ने विश्वास दिलाउन चाहान्छु’ नवनियुक्त आईजीपी खापुङले भने ।
व्यक्ति सफल हुनेभन्दा पनि संस्था सफल बनाउन आवश्यक रहेको उनले मन्तव्यमा उल्लेख गरे ।व्यक्तिगत रुपमा म सफल हुनेभन्दा पनि संस्था सफल हुन अपिरिहार्य हुन्छ । यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्नेछ । त्यसैले म व्यक्ति नभई जिम्मेवार संस्थाका रुपमा नेपाल प्रहरीको श्रीवृद्धि गर्ने, नागरिकको सेवामैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रही इमान्दार योगदान गर्नेछु’ उनले भने ।
यसका लागि मन्त्रालयको साथ रहने विश्वास रहेको उल्लेख गर्दै उनले भने, ‘मेरो भगिरथ प्रयासलाई सार्थक तुल्याउन तालुक गृहमन्त्रालयको नेतृत्वबाट यथेष्ट साथ सहयोग हुने नै छ भन्ने विश्वास गर्छु ।’
नेपाल प्रहरीप्रति आम नागरिकको आशा र भरोसा रहेको उल्लेख गर्दै उनले राज्यको तर्फबाट दूरदराजमा पुग्ने प्रतिनिधि संस्था प्रहरी रहेको बताए ।अहिले पनि हजारौं स्थानमा प्रहरीको माग भएको छ । हामीले दैनिक हजारौं नागरिकलाई सेवा गरेका छौं । सयौंका जीवन बचाउन काम गरेका छौं । यदकता कुनै आलोचना हुनसक्छ । यसलाई गलत भन्दा पनि रचनान्तक रूपमा लिनुपर्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने ।