नेपालगन्ज : ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अर्का युवा १९ वर्षीय आयुस थापाको शनिबार अन्त्येष्टी गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिएर शनिबार दिउँसो बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा अन्त्येष्टी गरिएको हो ।
अन्त्येष्टीमा हजारौं सहभागी भएका छन् । नेपालगन्जबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका नेपालगन्ज–१ निवासी २३ वर्षका सुलभराज श्रेष्ठ र आयुसको जेन–जी आन्दोलनका क्रममा गोली लागेर निधन भएको थियो । स्वर्गिय सुलभको शवलाई शुक्रबार बेलुका र आयुसलाई शनिबार(आज) अन्तिम श्रद्धाञ्जली पश्चात अन्त्येष्टी गरिएको हो । आफन्तका अनुसार सुलभ र आयुस परिवारका एक्ला सन्तान हुन् । जेन–जी आन्दोलनका क्रममा गुमाउँदा परिवार र आफन्त मात्र नभएर सिंगो नेपालगन्ज नै शोकमा डुबेको छ । अन्तिम श्रद्धाञ्जली दिन तथा अन्येष्टीका क्रममा पुगेका सबैको आँखा रसाए ।
ADVERTISEMENT

