काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
ADVERTISEMENT

