
के भन्यो भारत सरकारले?
भारतको विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयले परिवारहरूलाई विच्छेद गर्न सक्ने र यसको ‘मानवीय परिणाम’ हुने बताएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै देशबिच दक्ष कामदारको आदानप्रदानले ठुलो योगदान पुर्याएको भन्दै अमेरिकाले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ।अमेरिकी विदेश मन्त्रालयले नयाँ शुल्क हाल अमेरिका बाहिर रहेका नयाँ भिसा आवेदकहरूमा मात्र लागू हुने बताएको छ। यसले हाल अमेरिकामा रहेका वा भिसा नवीकरण गर्ने व्यक्तिहरूमा असर नपर्ने पनि स्पष्ट पारेको छ।