
उनले ठमेल नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक भएको बताए । अध्यक्ष दाहालले धेरै सम्भावनाका बाबजुत पनि नेपालमा हुनुपर्ने जति पर्यटन विकास हुन नसकेको बताए । उनले विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र नेपालमा पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसके नेपालमा सहजै वर्षेनी लाखौँ पर्यटन भित्र्याउन सकिने बताए । उनले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।