काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटमा अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो ।
विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपीयूको १५१ औं महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ ।उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा एक प्रतिनिधि मण्डल जाँदैछ ।आइपीयूको महासभामा नेपालको संघीय संसदको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा राष्ट्रिय सभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर छलफल गरेका थिए ।
ADVERTISEMENT

