काठमाडौं । ललितपुरको सातदोबाटोस्थित ट्राफिक प्रहरी कार्यालय भवनमा स्वयमसेवी युवाहरुले रगरोगन गरिदिएका छन् ।जेनजी आन्दोलनका बेला जलाइएको कार्यालयको पुनर्निर्माणपछि युवाहरूको समूहले रङरोगन गरिदिएको हो । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ललितपुर शाखाको युवा स्वमसेवा समूहले रङरोगन गरेको हो ।मर्मतर र रङरोगनपछि ट्राफिक कार्यालय आगजनी पूर्वकै अवस्थामा फर्किएको छ । रङरोगनका लागि ‘सेभ द अर्थ फ्रम ए टु जेड-वु आर वन’ नामक अन्तर्राष्ट्रिय युवा स्वयंसेवक संस्था सहयोग गरेको हो .
रङरोगनपछि भवन बिहिबार नै हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रमुख, इन्स्पेक्टर राम भट्टले भवन यति छिटो पुनर्निर्माण हुने विश्वास नगरेको बताउँदै सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।युवाहरूको सकारात्मक कार्यले समाजमा आशा, एकता र सेवा भावनाको सन्देश दिएको उनले बताए । युवाहरुको समूहले समाजका लागि केही गरौं भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउँदै ट्राफिक कार्यालय समाजको अनुशासन र सुरक्षासँग सम्बन्धित भएकोले यसलाई फेरि जीवन्त बनाउन प्रयास गरेको बताएको छ । रङरोगन गर्नुअघि हाँस्य कलाकार किरण कुमार केसी राताकमैको अध्यक्षतामा ट्राफिक प्रहरी कार्यालयको पनुर्निर्माण गरिएको थियो ।
ADVERTISEMENT

