नेपालगञ्ज, फागुन । जि नेपाल फोरके टेलिभिजनकालाई टेलिभिजनको माध्यमबाट स्थानीय आर्थिक र सामाजिक क्षेत्र चलायमानमा लागि कलम चलाएको भन्दै नेपालगञ्ज उधोग वाणिज्य संघको साधारण सभामा सम्मानित गरिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको ३१ औँ साधारणसभाको अवसरमा शनिबार टेलिभिजनकालाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान प्रदान गरिएको छ ।
संघको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेर टेलिभिजनकालाई सम्मानित गर्नुभयो। सो अवसरमा सङ्घका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल र पूर्व सदस्य मिना श्रेष्ठ प्रदेश सभा सांसदमा निर्वाचित हुनु भएकोमा उहाँ दुबैलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, उत्पादन गर्ने उद्योग लगायत सबैभन्दा पहिले सदस्यता नवीकरण गराउने सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो।
ADVERTISEMENT