काठमाडौँ । पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेको स्कीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
ADVERTISEMENT

