काठमाडौँ — राष्ट्रिय सभाको सचिवमा तुलाबहादुर कँडेल नियुक्त भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई सचिवमा नियुक्त गरेका हुन् ।अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् ।
राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । उनको शपथ मंगलबार नै हुने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका- ८ का कँडेल नेपाल बारको सचिव पनि रहिसकेका छन् ।
ADVERTISEMENT

