काठमाडौँ । स्यानिटरी ल्यान्डफिल साइड बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयमा छलफल भइरहेको छ ।बञ्चरेडाँडाका स्थानीय प्रतिनिधि र सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलबिच छलफल भइरहेको मन्त्रालयले जनाएको छ । तर मन्त्री घिसिङ भने यतिबेला हेटौँडामा छन् ।
‘मन्त्रीज्यू अहिले फिल्डमा हेटौँडा हुनुहुन्छ । मन्त्रालयमा सचिव, सहसचिबहरूबिच छलफल चलिरहेको छ,’ मन्त्री घिसिङको सचिवालयले भन्यो, ‘समस्या समाधानका लागि आजको छलफलले निष्कर्ष निकाल्ने कोसिस भइरहेको छ ।’ भारतले बेलिब्रिज हस्तान्तरण गरेको कार्यक्रममा सहभागी हुन बिहीबार मन्त्री घिसिङ हेटौँडा पुगेका हुन् ।
ADVERTISEMENT

