
एमाले अध्यक्षका रूपमा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माणमा काम गर्न नसकेको बताएका छन् । 'एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माणको थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुन:स्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो,' ओलीको प्रतिवेदनमा भनिएको छ ।त्यस्तै विगतदेखि नै आफूले उत्पादन गरेका वस्तुहरूको उचित बजार र उचित मूल्य नपाउने किसानहरूको समस्या समाधान हुन नसक्नु, विकास निर्माणमा अपेक्षित गति नआउनु र सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनु सरकारकासामु तेर्सिएका मुख्य चुनौती भएको पनि ओलीको भनाइ छ ।