नेपालगञ्ज : भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगञ्ज वाकाथन भव्यताका साथ सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्ध २२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा आज नेपालगञ्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिगत चार बर्ष देखि भईरहेको वाकाथनको पाचौं संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा सम्पन्न भएको हो ।नेपालगञ्जको गणेशमान चो कबाट बिहान ७ बजे शुरु भएको वाकाथन बिपि चोक, त्रिभुवन चोक, सदरलाईन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भएको थियो । ‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने नाराका साथ भएकोे वाकाथनमा भ्रष्टाचार बिरुद्धका नाराहरु, गितहरु मार्फत सडकबाट नागरिक समाजका प्रतिनिधिहरुले भ्रष्टाचार बिरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा सुशासन र सदाचार बाहालिका लागि सरकार गम्भिर बन्नु पर्ने बताए । सबैले मिलेर सुशासनलाई बढावा दिनुपर्नेमा उनको जोड थियो ।कार्यक्रममा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले नेपालगञ्ज वाकाथन सुशासनको अभियानमा सकारात्मक पहल कदमी भएको भन्दै सुशासन प्रवद्र्धनका कार्यक्रमहरुमा जिल्ला प्रशासनले सहकार्य गर्ने बताए ।
कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिशा सिंह थारुले भ्रष्टाचारको अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक पर्नुका साथै सुशासन वहालीका लागि नागरिक समाजको खवरदारी आवश्यक पर्ने दावि गरिन् ।कार्यक्रममा खुला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा बिजयि हुन सफल २० जना प्रतियोगिहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वाकाथनमा विभिन्न संघ, संस्था, शैक्षिक निकाय, संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।
पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।भ्रष्टाचार बिरुद्धको वाकाथन पहिलो बर्ष सन् २०२१ मा भएको थियो ।
ADVERTISEMENT

