प्रधानमन्त्री प्रचण्ड र डब्लुएचओका महानिर्देशक बीच आपसी सहयोगका बारे छलफल
zeenepal
२०८० आश्विन ५,
9
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसबीच भेटवार्ता भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार प्रधानमन्त्री प्रचण्ड र महानिर्देशक गेब्रेयसबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र डब्लुएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल भएको छ । साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।